कोरोना महामारीमा विश्वभर दुईसय भन्दा बढी नेपाली डाक्टर परिचालन <p>काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीको समयमा नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर दुई सयभन्दा बढी नेपाली डाक्टर परिचालन गरेको जनाएको छ।&nbsp;</p> <p>अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमा अनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालनगरिएको संघका महासचिव डा.हेम राजशर्माले बताए।&nbsp;</p> <p>समस्यामा परेका नेपाली श्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको उनले जनाए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्