१० हजार श्रमिकलाई निःशुल्क परामर्श
<p>काठमाडौं। गैरआवासीय नेपाली संघले कोरोना महामारी सुरु भएयता हालसम्म झण्डै १० हजार नेपाली श्रमिकहरुलाई निःशुल्क परामर्श सेवा प्रदान गरेको बताएको छ।</p>
<p>उनीहरुका स्वास्थ्य सम्बन्धि समस्यामा बारेमा परामर्श सेवा प्रदान गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
<p>यो अवधिमा चार हजारभन्दा बढी व्यक्तिहरुलाई दूताबासमा आवश्यक कागजी प्रक्रियाका लागि सहयोग पु¥याईएको दाबी समेत संघले गरेको छ। </p>
<p>श्रमिकहरुको पासपोर्ट नवीकरण तथा फारम भर्न सहयोग गर्ने आदि कार्यको सहजीकरण गर्ने कार्यमा सहयोग पुगेको संघले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्