राहत कार्यक्रमको लागि २३ करोड
<p>काठमाडौं। गैरआवासीय नेपाली संघले विभिन्न देशका नेपालीहरुले पठाएका राहतलाई संकलन गरेर नेपाल सरकारलाई एनटिजेन टेष्ट किट, पीपीई, आई आर गन, सुज, कभर, के एन–९५ माक्स जस्ता सामग्रीहरु उपलब्ध गराएको छ। </p>
<p>“यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड र यूएनअन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड रुपैयाँ बराबरको रकम परिचालन गरिएको छ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।</p>
<p>मलेसिया, कतार, यूएई र साउदी अरबबाट सुरु गरिएको यो कार्यक्रम पछिल्लो समय बहराईन, कुवेत तथा ओमानमा समेत लागू गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्