कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल
<p>जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मङ्गल रावल नियुक्त भएका छन् । </p>
<p>प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा.रावललाई उपकुलपति नियुक्त गरेका हुन् । </p>
<p>स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा.रावललाई नियुक्त गरेका हुन् । </p>
<p>सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा.रावलसँगै प्रा.डा.रेशम राना र सहप्रध्यापक डा.पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्