बंगलादेशमा आजदेखि साता लामो लकडाउन <p>काठमाडौं। कोरोना संक्रमणमा आएको तीव्रता तथा बढ्दो मृत्युका कारण बंगलादेशमा आजदेखि साता लामो लकडाउन गरिएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ५० संक्रमितको मृत्यु भएको छ।</p> <p>बंगलादेशमा अहिलेसम्म ६ लाख २४ हजार पाँच सय ९४ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या नौ हजार एक सय ५५ पुगेको छ।&nbsp;</p> <p>सरकारले जरुरी सामान र विपद्जन्य सेवामा भने लकडाउन लागू नहुने बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्