भारतमा एकै दिन लाखभन्दा बढी कोरोना संक्रमित <p>काठमाडौं। भारतमा विगत २४ घण्टामा कोरोना संक्रमित लाख नाघेका छन्। यसअघि सबैभन्दा बढी सेप्टेम्बर १६ मा ९७ हजार आठ सय ५९ पुगेको थियो।</p> <p>खुल्ला सीमा रहेको भारतमा एकै दिन एक लाख तीन हजारको संख्यामा तीव्र गतिमा संक्रमण बढिरहँदा नेपाल फर्कनेको लर्को लाग्न थालेको छ।&nbsp;</p> <p>तर, सरकारले सीमामा कुनै कडाइ गर्न सकेको छैन। भारतमा २४ घण्टामा चार सय ७८ को मृत्यु भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्