अक्षय कुमार अस्पताल भर्ना <p>काठमाडौं। कोरोना संक्रमित भएका बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्।</p> <p>कोरोना संक्रमित भएपछि होम क्वारेन्टिनमा बस्दै आएका अक्षय कुमार स्वास्थ्य अवस्थामा केही समस्या देखिएपछि उनी मुम्बईस्थित हिरानन्दानी अस्पतालमा भर्ना भएका हुन्।&nbsp;</p> <p>अक्षय कुमार पछिल्लो समय चलचित्र राम सेतु को छायांकन व्यस्त थिए। अभिषेक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अक्षय कुमारसँगै जैकलिन फर्नान्डिस तथा नुशरत भरुचाको मुख्य भूमिका छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्