बेलायतमा एस्ट्राजेनेकाको भ्याक्सिन लगाएका ७ को मृत्यु, २३ गम्भीर
<p>काठमाडौं। बेलायतमा कोरोना भ्याक्सिन लगाएपछि सातजनाको मृत्यु भएको छ, २३ जना गम्भीर बिरामी परेका छन्। त्यहाँ अक्सफोर्ड–एस्ट्रोजेनेकाको खोप लगाएका ३० जना सुरुमै गम्भीर बिरामी परेका थिए।</p>
<p>खोप लगाएका ती व्यक्तिको टाउकोमा रगत जमेको बताइएको छ। सबैलाई अस्पताल भर्ना गरिएको थियो। तीमध्ये सातजनाको मृत्यु र २३ जना गम्भीर अवस्थामा पुगेका हुन्।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्