उपत्यका छिर्ने नाकामा एन्टिजेन परीक्षण अनिवार्य <p>काठमाडौं। काठमाडौं उपत्यकाका छिर्ने नाकामा एन्टिजेन परीक्षण गरिने भएको छ। जिल्ला कोभिड&ndash;१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकामा हेल्थ डेस्क स्थापना गर्ने र एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।</p> <p>नाकामा सम्बन्धित नगरपालिकाले हेल्थ डेस्क राख्नुपर्नेछ। त्यस्तै सरकारी कार्यालय, विद्यालयमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउने निर्णयसमेत गरेको पराजुलीले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्