गगनको स्वास्थ्यमन्त्रीलाई प्रश्न : कोरोना जनतालाई मात्रै लाग्छ?
<p>काठमाडौं। कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाको संक्रमण होली खेल्ने जनतालाई मात्रै हुन्छ भन्दै स्वास्थ्यमन्त्रीलाई सोधेका छन्।</p>
<p>उनले सरकार र राजनीतिक दलहरूका नेता-कार्यकर्ताहरूलाई नलाग्ने हुन्छ भन्दै थप प्रश्न पनि गरे।</p>
<p>जनस्वास्थ्यका मापदण्डको जनताले मात्रै नभई सबैले पालना गर्नुपर्नेमा जोड दिँदै उनले हजारौंको भीडमा प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न गएको र राष्ट्रपति विद्यादेवी भण्डारी पनि मेलम्ची खानेपानी आयोजना उद्घाटन गर्न गएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्