कोभिड-१९ बाट नेपालमा मृतकको सङ्ख्या ३,०३२ पुग्यो
<p>काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले हालसम्म देशमा ३,०३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे।</p>
<p>उनले नेपालमा संक्रमितको मृत्युदर १.१ मात्रै रहेको बताए। उनका अनुसार हालसम्म २२ लाख ८५ हजार मानिसको पीसीआर परीक्षण गरिएको छ। त्यसमध्ये दुई लाख ७७ हजार बढीको उपचार भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्