आजदेखि कोभिड-१९ विरुद्धको चिनियाँ खोप
<p>काठमाडौं। चीनले अनुदान सहयोगमा दिएको कोभिड-१९ विरुद्धको खोप आजदेखि लगाइने भएको छ। चीनले दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा खोप केन्द्रबाट लगाइने भएको हो।</p>
<p>सरकारले पढ्न चीन जाने विद्यार्थी र चीनतर्फको सामान व्यापार गर्ने व्यापारीलाई प्राथमिकतामा राखेको छ। </p>
<p>चीन सरकारले चीनियाँ खोप नलगाएका नागरिकलाई चीन प्रवेश नदिने घोषणा गरेसँगै चीन जाने विद्यार्थी र व्यापारी प्राथमिकतामा परेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्