अध्ययन भन्छ– कोरोना संक्रमित प्रत्येक तीन जनामध्ये एकमा ‘मस्तिष्क रोग’
<p>काठमाडौं। कोरोना भाइरस संक्रमित प्रत्येक तीन जनामध्ये एकमा लामो समयसम्म मानसिक तथा मस्तिष्क रोगको असर रहने एक अध्ययनले देखाएको छ। जर्नल ल्यानसेट साइकेट्रीमा मंगलबार प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार संक्रमण भएकामध्ये ३४ प्रतिशतले निको भएको ६ महिनाभित्र मानसिक तथा मस्तिष्क रोगसम्बन्धी उपचार लिएका छन्। <br />
अध्ययनले सबैभन्दा बढी १७ प्रतिशतमा ‘चिन्ता’ देखाएको थियो भने १४ प्रतिशतमा ‘मुड डिसअर्डर’ देखाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्