सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभावः पूनावाला <p>मुम्बई। भारतमा अस्ट्राजेनेकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ ।&nbsp;</p> <p>कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।&nbsp;</p> <p>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्