एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या निकै दुर्लभ
<p>काठमाडाैं। कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली संघमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ।</p>
<p>युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ।</p>
<p>उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्यांक केलाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्