भारतमा भ्याक्सिन अभाव, नेपालमा के होला? <p>काठमाडौं। संक्रमितको संख्या दैनिक लाख नाघ्न थालेपछि भारतमा कोरोना भ्याक्सिनविरुद्धको भ्याक्सिनको माग ह्वात्तै बढेको छ। केही समयअघि नेपाललगायत थुप्रै देशलाई खोप दिएर &lsquo;भ्याक्सिन डिप्लोमेसी&rsquo;मा सफल भएको भारत अहिले अभावको सामना गरिरहेको छ।</p> <p>भ्याक्सिन उपलब्ध नगराएको भन्दै भारतमा केन्द्र सरकारको विरोधमा महाराष्ट्र, उत्तरप्रदेश र बिहार पनि उत्रिएका छन्। यस्तोमा नेपाली जनताले कहिले भ्याक्सिन पाउँलान् र त्रासबाट मुक्त होलान्? भन्न सकिने अवस्था छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्