खोपको सहज आपूर्ति गरिदिन भारतलाई आग्रह <p>काठमाडौं। नेपाल सरकारले भारतलाई खोपको आपूर्ति सहज गर्न आग्रह गरेको छ। भारतसँगै नेपालमा पनि कोभिड&ndash;१९को दोस्रो लहर सुरु भएको सयममा भारतले खोपको निर्यातमा कडाई गरेको छ।<br /> खोप निर्यातमा कडाई गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग टेलिफोनमार्फत यस्तो आग्रह गरेका हुन्।<br /> जवाफमा जयशंकरले नेपाललाई खोपको आपूर्तिमा सहजीकरण गरेर महामारीविरुद्ध लड्न सहजीकरण गर्ने बताएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्