साढे ५ सय अपांगता भएका व्यक्तिले गराए स्वास्थ्य परीक्षण <p>भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा साढे ५ सयले अपाङ्गता भएका व्यक्तिले विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएका छन् ।&nbsp;</p> <p>गाउँपालिकाका ९ वटै वडामा सञ्चालन भएको अपाङगता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिविर मार्फत ५ सय ५१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने १ सय ३५ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।&nbsp;</p> <p>हतुवागढी गाउँपालिका, प्रदेश १ सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा गत चैत्र १७ गते देखि २५ गते सम्म शिविर सञ्चालन गरिएको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्