भारतले दियो रुसी खोप ‘स्पुतनिक–भी’ आपत्कालीन प्रयोग गर्न स्वीकृति
<p>भारत सरकारले रुसी खोप ‘स्पुतनिक–भी’ को आपत्कालीन प्रयोग गर्न स्वीकृति दिएको छ। भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खोपको अभाव भएपछि रुसी खोपलाई स्वीकृति दिएको हो। <br />
भारतले यसअघि एस्ट्राजेनेका तथा अस्सफोर्ड युनिभिर्सिटीले तयार पारेको कोभिसिल्ड र बायोएनटेक–आइसीएमआरले तयार पारेको कोभ्याक्सिन गरी दुई खोपलाई अनुमति दिएको थियो। भारतमा निर्मित खोप मागअनुसार उत्पादन हुन नसकेपछि रुसी खोप प्रयोगमा ल्याउन लागिएको हो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्