आठ दिनपछि डिस्चार्ज भए अक्षय कुमार
<p>काठमाडौं। कोरोना संक्रमित भएका बलिउड अभिनेता अक्षय कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। आठ दिन अस्पताल बसेर उनी डिस्चार्ज भएको उनकी श्रीमती ट्विंकल खन्नाले जानकारी दिइन्। <br />
४ अप्रिलमा कोरोना संक्रमित भएका अक्षय कुमार होम क्वारेन्टिनमा बसेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि ५ अप्रिलमा अस्पताल भर्ना भएका थिए। <br />
चलचित्र ‘राम सेतु’ को छायांकनको क्रममा उनी संक्रमित भएका हुन्। उनीसँगै अन्य ४५ जना पनि संक्रमित भएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्