स्वास्थ्यमन्त्री त्रिपाठीले भने, “कोरोनाबाट बालबालिका जोगाउन चुनौती छ” <p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाबाट बालबालिकालाई जोगाउन चुनौती रहेको बताएका छन्।&nbsp;</p> <p>आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, &ldquo;अहिलेसम्म बनेको भ्याक्सिन १८ वर्षभन्दा माथिका लागि मात्र हो, यसले बालबालिकालाई जोगाउन चुनौती छ ।&rdquo;&nbsp;</p> <p>काठमाडौं लगायत शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने र अनलाइन माध्यममा जानेबारे छलफल भइरहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्