टेकु अस्पताल निर्देशक राजभण्डारीले भने, “अब कोभिडका बिरामीमा फोकस हुँदैछौं”
<p>काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोभिड बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने भएको छ । </p>
<p>आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले देखापढीसँग भने, “अब कोभिडका बिरामीमा विशेष फोकस हुने बेला आएको छ, तर, एचआइभी पीडितलाई दिइने सेवा बन्द हुँदैन ।” </p>
<p>ओपीडी सेवा भने सूचारु नै रहने उनले जानकारी दिए । कोरोना संक्रमितको चाप बढिरहेकाले व्यवस्थापन गर्नेतिर ध्यान दिइएको निर्देशक भण्डारीले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्