गर्मी चढेसँगै बढ्न सक्छन् यी रोग, कसरी जोगिने?
काठमाडौं। गर्मी सुरु भएसँगै मानिसमा विभिन्नखाले रोग देखिन थालेका छन्। यसलाई नजरअन्दाज गर्दा जोखिम हुनसक्छ।
डिहाइड्रेसन– यसले मुख सुक्ने, थकान, प्यास, पिसाब कम, टाउको दुख्ने, कब्जियत र रिँगटा लाग्नेसम्म हुनसक्छ। यसबाट बच्न पर्याप्त पानी, कागतीपानी, नरिवलपानी पिउनुपर्छ।
घमौरा– जिउ चिलाउने र डाबर देखिन्छ। यसबाट बच्न सूती कपडा लगाउनुपर्छ।
फुड प्वाइजनिङ– यसका लागि सफा खानेकुरा खानुपर्छ।
प्रतिक्रिया दिनुहोस्