सुदूरपश्चिममा आजदेखि ‘बिसु’ पर्व धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष शुभारम्भसँगै ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्वमा सुदुरपश्चिमको परम्परागत खाना बनाइने गरिन्छ। यस पर्वमा विवाहिता छोरी/चेलीमा आ–आफ्नो माइतीघर जान्छन् भने अन्यत्र काम गरिरहेका युवा आफ्नो जन्मघर फर्कने गर्दछन् । यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्नु आकर्षक पक्षका रूपमा लिइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्