साङ्लाको डरले तीन वर्षमा १८ घर परिवर्तन
काठमाडौं। भारतको मध्यप्रदेशमा एक पुरुषले पत्नी साङ्ला(कक्रोच)सँग अधिक डराउनाले तीन वर्षमा १८ वटा घर परिवर्तन गरेका छन्। तर, घर बदले पनि पत्नीको डर कम भएन।
डर नहराउनाले पति आजित बन्दै पत्नीसँग पारपाचुके नै माग्न बाध्य भएका छन्। त्यो जोडीको विवाह २०१७ मा भएको थियो।
पत्नी कक्रोचसँग डराउने रोगबाट ग्रसित भएपछि उपचार गराउन खोज्दा पनि नमानेपछि पतिले पारपाचुके मागेका हुन्।(एनबीटी)
प्रतिक्रिया दिनुहोस्