आज भक्तपुरमा बिस्केट जात्रा मनाइँदै
भक्तपुर। ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्केट जात्रा कोेभिड संक्रमणका बावजुद स्वास्थ्य सतर्कता अपनाएर आज मनाइँदैछ।
चौथौं दिनको राति अर्थात मंगलबार भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याइएको थियो।
आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक आठ वटा डोरी बाँधेर उभ्याइएको हो।
कोभिडका कारण गत वर्ष बिस्केट जात्रा औपचारिक पूजामा सीमित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्