अमेरिकामा जोनसन एण्ड जोनसनको खोपमा रोक काठमाडौं। रगत जम्ने समस्या देखिएको भन्दै अमेरिकामा जोनसन एण्ड जोनसनको भ्याक्सिनमाथि रोक लगाइएकाे छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)का अनुसार सावधानीलाई ध्यानमा राख्दै रोक लगाउने निर्णय लिएको हो । एएफडीएका अनुसार खोपको ६८ लाखभन्दा बढी डोजमा रगत जम्ने ६ दुर्लभ घटना देखिएको थियो। संस्थाले एस्ट्राजेनेकाको खोपको उपयोगबाट रगत किन जम्छ भन्नेबारे अनुसन्धान गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्