कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
काठमाडौं। पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएका छन्।
मङ्गलबार महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औं कार्यपालिका बैठकले महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थप गरी काम गर्न सक्ने व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस्