भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८४ हजार ३७२ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्