बिराटलाई उछिन्दै बाबर बने एकदिवसीय क्रिकेटका नम्बर एक ब्याट्स्म्यान
काठमाडौं। पाकिस्तानी टोलीका कप्तान बाबर आजम एकदिवसीय क्रिकेटका नम्बर एक ब्याट्स्म्यान बनेका छन्।
बाबरले भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै एकदिवसीय क्रिकेटको शीर्ष ब्याट्स्म्यान बनेका हुन्। बाबरले आईसीसीको र्याङ्किङमा ८६५ अङ्क पाउदै एकदिवसीयको शीर्ष ब्याट्स्म्यान बनेका हुन्। आईसीसीबाट ८५७ अङ्क पाएका विराट दोस्रो स्थानमा छन्। त्यस्तै तेस्रो स्थानमा रोहित शर्मा, चौथोमा रोस टेलर र पाचौंमा एरोन फिन्च रहेका छन्।
प्रतिक्रिया दिनुहोस्