कोरोना सङ्क्रमणका कारण भरतले बेंगलुरु एफसीविरुद्धको खेल गुमाउने काठमाडौं। बेंगलुरु एफसीविरुद्ध प्रतिस्पर्धा गर्न भारत पुगेको त्रिभुवन आर्मीका कप्तान भरत खवासलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिएसँगै भरतले बेंगलुरुविरुद्धको खेल गुमाउने भएका छ्न्। एएफसी कप छ्नोटअन्तर्गत पहिलो चरणको दोस्रो खेल खेल्न आर्मी हाल भारत गोवा पुगेको छ। आर्मी आज साँझ ७:४५ बजे बेंगलुरुविरुद्ध मैदानमा उत्रँँदै छ। आर्मीले छनोटको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ ले पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्