राखेप सदस्यसचिव सिलवाल, थापा र ओलम्पियन संगिना विभूषित
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेप प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य बुधबार नेपाल सरकारले प्रदान गर्ने पदकबाट विभूषित भएका छन्। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन्। सदस्यसचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएका हुन्।
प्रतिक्रिया दिनुहोस्