जापानले २०२२ मा चन्द्रमामा यान पठाउने काठमाडौं। जापानको रोबोट कम्पनी आइस्पेसले सन् २०२२ मा युनाइटेड अरब इमिरेट्स (युएई)मा बनेको यानलाई चन्द्रमाको सतहमा पठाउने भएको छ। युएईको दुबईस्थित मोहम्मद बिन रशिद स्पेस सेन्टरमा अहिले वैज्ञानिक र इन्जिनियरहरूको एक समूहले उक्त यान निर्माण कार्य गरिरहेका छ। उक्त यानलाई ‘स्पेसएक्स फाल्कोन ९’ रकेटमार्फत् चन्द्रमामा पठाइने आइस्पेसले जनाएको छ। यसअघि अमेरिका, रुस र चीनले यानलाई चन्द्रमामा अवतरण गराइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्