माग भन्दा उत्पादन कम भएपछि कुखुरको मासुको मूल्य बढ्यो
काठमाडौं। बोइलर कुखुराको मासुको मूल्य ४ सय १० रुपैयाँ पुगेको छ।
गएको वर्ष १ सय ७० रुपैयाँ प्रतिकेजीसम्म मूल्य घटेको थियो। चिसो मौमममा विभिन्न रोगले कुखुरा र चल्ला मरे जसको कारण देशैभरि माग भन्दा कम कुखुरा उत्पादन भईरहेको छ ।
माग भन्दा उत्पादन कम भएपछि भाउ आकासिएको हो। देशमा अहिले प्रतिदिन ८ लाख केजी भन्दा बढिको कुखुरा खपत हुने तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्