कोरोना संक्रमणबाट ४२ वर्षीय पुरुषको मृत्यु नेपालगञ्ज। कोरोना भाइरसको संक्रमणबाट बाँकेको खजुराका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। बाँकेमा पछिल्लो ७ दिनमा ३६६ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बुधबार ७५ जना, मंगलबार ५९ जना, सोमबार ४१ जना, आइतबार ८ जना, शनिबार २१ जना कोरोना संक्रमित थपिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्