खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ। घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । आठ फिट गहिरो खोलामा पौडी खेल्न नआएपछि उनीहरुको डुबेर मृत्यु भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्