भारतको मनसुनी वर्षामा आएको परिवर्तनले एक अर्बभन्दा बढीलाई असर गर्ने
काठमाडौं। भारतको मनसुनी वर्षामा देखिएको परिवर्तनले एक अर्बभन्दा बढी मानिसलाई असर गर्ने अध्ययनले देखाएको छ। पट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चको अध्ययनले भारतमा एक डिग्री तापक्रम बढ्दा मनसुनी वर्षा ५ प्रतिशतले बढ्ने देखाएको छ। यसले सबैभन्दा बढी असर कृषि क्षेत्रलाई गर्नेछ। भारतमा धेरै कृषिमा निर्भर छन्। कृषक र कृषिजन्य वस्तुका उपभोक्तालाई यसले असर गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्