तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल
काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।
प्रतिक्रिया दिनुहोस्