पीसीआर नतिजा नेगेटिभ भएका पर्यटक मात्र राख्न निर्देशन
काठमाडौं। सरकारले नेपालका होटलहरूलाई विदेशी पर्यटकलाई कडा निगरानीमा राख्न भनेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले विदेशी पर्यटक राख्दा कडाइ गर्न भनेको हो। यसअनुसार विदेशी पर्यटक राख्दा रजिस्ट्रेसन सिस्टम चुस्त बनाउन भनिएको छ। यसै गरी, पीसीआर नतिजा नेगेटिभ भएका पर्यटकलाई मात्र होटलमा राख्न मन्त्रालयले निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्