लेबनानमा नेपाली शान्ति सेनाको नागरिक सहकार्यलाई निरन्तरता
काठमाडौं। लेबनानमा खटिएको नेपाली शान्ति सैनिकले ‘ब्लु टु ग्रिन’ अभियानलाई निरन्तरता दिएको छ। नेपाली शान्ती सैनिकले स्थानीय नगर प्रमुखहरूको सहभागितामा माज्दल स्लिम र साक्रा नगरपालिकामा २५०/२५० वटा पाइन्स, कारवोस, अलिभ र फिग्स प्रजातिका बिरुवाहरू रोपेको छ। लेबनानामा राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाको बर्दबहादुर गणको ६२औं डफ्फाले स्थानीयसँगको सहकार्यलाई निरन्तरता दिएको हो।
प्रतिक्रिया दिनुहोस्