कोरोना संक्रमणबाट २४ घण्टामा विश्वमा १३ हजार ८ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ८३८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७७४, भारतमा १ हजार १८३, अमेरिकामा ८९५, फ्रान्समा २९६, रुसमा ३९८, टर्कीमा २९७, इटालीमा ३८०, जर्मनीमा ३२८, पोल्याण्डमा ६८२, अर्जेन्टिनामा ३८३, कोलम्बियामा ३८०, मेक्सिकोमा ५१८, इरानमा ३२१, युक्रेनमा ४३३, पेरुमा ३३७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्