भारतमा कोरोना संक्रमण र मृत्युदर बढ्दो
काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र रुपमा बढेको छ।
पछिल्लो २४ घन्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित भएका छन् भने एक हजार १८३ जनाको मृत्यु भएको छ।
पछिल्ला केहीदिन यता भारतमा दैनिक संक्रमित बढिरहेका छन् । बुधबार भारतमा २ लाख संक्रमित भएका थिए । संक्रमितको संख्या बढेपछि दिल्लीमा विकेन्ड कर्फ्यु लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्