सेनाले गर्‍यो चैतमा कोरोना संक्रमित ४३ शवको व्यवस्थापन काठमाडौं। नेपाली सेनाले गत चैत महिनामा कोरोना संक्रमित ४३ शवको व्यवस्थापन गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार पूर्वी पृतनामा एक, मध्यपूर्वी पृतनामा एक, मध्य पृतनामा तीन, उपत्यका पृतनामा २९, पश्चिम पृतनामा दुई, मध्य पश्चिम पृतनामा पाँच र सुदुरपश्चिम पृतनामा दुई शवको व्यवस्थापन गरिएको हो। सेनाका अनुसार ६ शवलाई गाडेर, २७ शवलाई विद्युतिय शव दाह गृह र ७ शवलाई चितामा जलाएर व्यवस्थापन गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्