ब्राजिलमा कोरोना संक्रमणका कारण १३ सय बालबालिकाको मृत्यु
काठमाडौं। कोरोनाले बालबालिकामा ठूलो असर नगरेको भन्ने रिपोर्ट बेलाबेला आउने गर्छन्। तर ब्राजिलको तथ्याङ्क भने विश्वलाई त्रसित बनाउने खालको छ।
ब्राजिलमा हालसम्म कोरोन संक्रमणको कारण १३ सय बालबालिकाको मृत्यु भइसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। यसले बालबालिका पनि कोरोनाको जोखिम उत्तिकै रहने देखाएको छ।
ब्राजिलमा समयमै स्वास्थ्य परिक्षण नगर्दा र उपचार नपाउँदा धेरै बालबालिकाको मृत्यु भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्