नेपाल ‘ग्रिन जोन’ मा नपुगेसम्म कोरियाले नेपाली कामदार नलाने
काठमाडौं। नेपाल कोरोना भाइरस संक्रमण सूचकको ‘ग्रीन जोन’ मा नपरेसम्म दक्षिण कोरियाले इपीएस प्रणाली अन्तर्गत नेपालबाट कामदार नलाने भएको छ।
“२०२१ मार्चसम्म कोरियाले नेपाललाई रेड जोनमा राखेको थियो। अप्रिल १ बाट ‘एलो जोन’मा राखेको छ। नेपाल ग्रिनमा जोनमा रहेपछि मात्र कोरियाले नेपाली कामदार लैजाने जनाएको छ”, वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए।
रेड जोनमा पर्ने खतरनाक, एलो जोनमा पर्ने कम खतरनाक र ग्रिन जोनमा पर्ने सुरक्षित मानिन्छ।
प्रतिक्रिया दिनुहोस्