कोरोना संक्रमणबाट २४ घण्टामा करिब साढे १२ हजारको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ हजार ४८५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७० जना र भारतमा सबैभन्दा बढी २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित भएका छन्।
भारतमा १ हजार ३३८, अमेरिकामा ८८४, फ्रान्समा ३१३, रुसमा ३९७, टर्कीमा २८९, इटालीमा ४२९, पोल्याण्डमा ५९५, मेक्सिकोमा ४०१ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्