भारतबाट फर्किएका १५ नेपालीमा कोरोना बाँके । नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएका व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए। उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका संक्रमित सबै पुरुष छन्। उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एकजना सुर्खेतका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्