गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो सर्लाही । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। गर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भएपनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढ्दै गएको मलङ्गवाका स्थानीय सुन्दरश्याम यादवले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्