नेपाल आउँदै, चिनियाँ भ्याक्सिन लगाउँदै भारतीय नागरिक काठमाडौं। टेकुस्थित अस्पतालमा भारतीय नागरिक कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन लगाउन लाइन बस्न थालेपछि चिकित्सकहरु छक्क परे। त्यसरी भारतीयलाई नेपालमा भ्याक्सिन लगाउन गलत भएकाले चिकित्सकले त्यो काम गर्न मानेनन्। चिनियाँ भ्याक्सिन लगाएका भारतीयलाई चीन जाने भिसा पाउन सहज हुने हुनाले उनीहरु यता आएका हुन्। चिनियाँ कम्पनीसँग कारोबार गरिरहेका भारतीय व्यापारी चीनमा बनेको भ्याक्सिन लगाउन चाहिरहेका छन्। यसले नेपालमा भ्याक्सिन अभाव हुने देखिएको छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्