बाँकेमा सङ्क्रमित महिलाको मृत्यु बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको आज बिहान मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्